नजिकिँदै कोइराला,श्रेष्ठ र निधि, भदौभित्रै महाधिवेशन गर्नुपर्नेमा जोड



काठमाडौं। पार्टीको १४औं महाधिवेशन घोषित मितिमा हुने नहुने अन्यौल बढिरहेका बेला नेपाली कांग्रेसका तीन नेताले भदौ भित्रै महाधिवेशन हुनुपर्ने निष्कर्ष निकालेका छन् ।

आसन्न महाधिवेशनमा अध्यक्ष पदमा साझा उम्मेदवार खडा गरेर जाने तयारीमा रहेका सशांक कोराला,प्रकाशमान सिंह र बिमलेन्द्र निधीले संवैधानिक बाध्यतालाई ध्यानमा राख्दै शनिबार भएको भेटमा पार्टीको महाधिवेशन समयमै गर्नुपर्ने निष्कर्ष निकालेका हुन।पछिल्लो समय नजिकिंदै गएका कोइराला ,श्रेष्ठ र निधिबीच शनिबार तेस्रो पटक भेटबार्ता भएको हो।कोइराला र श्रेष्ठ यस अघि पौडेल र निधि देउवा निकट थिए।

नेता प्रकाशमान सिंहको निवासमा भएको छलफलमा उनीहरूले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले खोप ल्याउनमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्