प्रदेशसभा सदस्य ओली एकाएक गायब !

काठमाडौं।सरकार परिवर्तनको चर्चा चलिरहेका बेला लुम्बिनी प्रदेशसभाकि एक जना सदस्य एकाएक सम्पर्कबिहिन भएपछि हल्लिखल्ली मच्चिन पुगेको छ।

नेकपाको दर्ता खारेजीसंगै माओवादी केन्द्र रोजेकी प्रदेश सभा सदस्य शुक्रबारबार देखि सम्पर्कविहीन भएपछि लुम्बिनी प्रदेशको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ। कतिपयले मुख्यमन्त्री शंकर पोखरेलले लुकाएको हुनसक्ने आरोप समेत लगाएका छन् ।वलीले नेकपा हुँदा सूर्य चिह्नबाट चुनाव थिइन्।
लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगर ‘वसन्त’ले सांसद वली शुक्रवार बिहानदेखि सम्पर्कविहीन रहेका जानकारी दिए । घर्तीमगरले वलीसँग सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेको बताए ।

