कांग्रेसमा थपिए चार लाख ४३ हजार ६७८ जना नयाँ क्रियाशील सदस्य

काठमाडौं। रमेश लेखक नेतृत्वको विवादित क्रियाशील सदस्यताबारे छानबिन गर्ने जिम्मेवारी पाएको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले मुख्य विवाद थांती राखेर पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो प्रतिबेदन बुझाएको छ।

गत फागुन ६ गते कांग्रेस केन्द्रीय कार्यसमितिले लेखकको नेतृत्वमा बनाएको क्रियाशील छानबिन समितिले विवाद समाधान गर्न पटकपटक म्याद लिए पनि मंगलबार अधुरै प्रतिवेदन बुझाएको हो।
प्रतिबेदनमा नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको प्रयोजनका लागि कुल आठ लाख ५२ जहार ७११ जनालाई पार्टीको क्रियाशील सदस्यता प्रदान गरिएको जनाईएको छ।
जसमध्ये जम्मा चार लाख नौ हजार ३३ जना पुरानै क्रियाशील सदस्य हुन् । यस वर्ष चार लाख ४३ हजार ६७८ जना नयाँ क्रियाशील सदस्य थपिएका छन् ।
समितिमा आनन्दप्रसाद ढुंगाना, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याण गुरूङ, जीवन परियार र योगेन्द्र चौधरी सदस्य थिए। क्रियाशील सदस्यता विवादकै साउन १२ गते (आज)का लागि तय भएको कांग्रेसका वडा तहहरुको अधिवेशन स्थगित भएको छ ।

