ओली सरकारद्वारा नियुक्त दुई प्रदेश प्रमुख हटाईए,लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ नियुक्त



काठमाडौं । सरकारले गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रमुखहरुलाई हटाएको छ। आज बसेको मन्त्रीपरिषद् बैठकले गण्डकीकी प्रमुख सिता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएको छ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गण्डकीमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचनको नाम सिफारिस समेत गरेको छ। शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए। केपी शर्मा ओली सरकारले उनलाई हटाएर पौडेललाई नियुक्त गरेको थियो। उनी नेकपा माओवादी केन्द्रबाट सिफारिस भएका थिए।

यस्तै, पृथ्‍वीमान सिंह गुरुङ पुराना कांग्रेस नेता हुन्।

प्रतिक्रिया दिनुहोस्