योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल



काठमाडौं, १२ साउन । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

चीनबाट इन्जिनियरिङ गरेका पौडेलले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। उनी काठमाडौं विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा अध्यापन गर्दै आएका छन्। यसअघि उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)मा सल्लाहकारका रूपमा काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्