शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी

काठमाडौं, १२ साउन । सरकारले प्रभुराम शर्मालाई नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति नियुक्त राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले शर्मालाई साउन २५ गतेदेखि कायममुकायम प्रधान सेनापति बनाउन सिफारिश गर्ने निर्णय गरेको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले अवकाश पाउन लागेकाले शर्मालाई कामुका रूपमा नेपाली सेनाको नेतृत्व सुम्पिन लागिएको हो ।
संविधानको धारा २६७ मा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले प्रधान सेनापति नियुक्त गर्ने व्यवस्था छ ।

