कांग्रेस पदाधिकारी बैठक आज,महाधिवेशनबारे छलफल हुने



काठमाडौं।नेपाली कांग्रेसको पदाधिकारी बैठक आजका लागि बोलाइएको छ । ९ बजे बूढानिलकण्ठस्थित प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बस्ने पदाधिकारी बैठक महाधिवेशनमा केन्द्रित हुने भनिएको छ ।

भदौमा १४ औं महाधिवेशन गर्ने भनिए पनि अहिलेसम्म क्रियाशिल सदस्यता विवाद छानबिन कार्यदलले आफ्नो निवेदन प्रस्तुत गरेको छैन ।

यसअघि १२ साउनमा गर्ने भनिएको वडा अधिवेशन स्थगित भएको छ ।

आजको पदाधिकारी बैठकमा स्थगित वडा अधिवेशनको नयाँ मिति सार्वजनिक गर्न सकिने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्