बल्ल पायो गण्डकी प्रदेश सरकारले पूर्णता



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आफू नेतृत्वको सरकारलाई पूर्णता दिएका छन् ।

शुक्रवार थप ६ जना मन्त्रीले सपथ लिएसंगै पोखरेल नेतृत्वको सरकारले पूर्णता पाएको हो। शुक्रवार सपथ लिनेमा नेपाली कांग्रेसका तर्फबाट मणिभद्र शर्मा, मेखलाल श्रेष्ठ र विन्दुकुमार थापा छन्।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)बाट रामजी बराल, चन्द्रबहादुर बुढा र दीपक थापाले पनि मन्त्री पदमा सपथ लिए।

यसअघि कांग्रेसका कुमार खड्का, जनता समाजवादीका हरिशरण आचार्य, माओवादीकी मधुमाया गुरुङ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले सपथ खाएका थिए।

प्रतिक्रिया दिनुहोस्