राप्रपाले सुरु गर्‍यो स्थानीय तह निर्बाचनको तयारी



काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय निर्बाचनका लागि पार्टीको आफ्नो तयारी सुरु गरेको छ। आगामी स्थानीय निर्बाचनमा पार्टीको अवस्थालाई मजबुत बनाउने उद्देश्यसहित सो पार्टीको केन्द्रीय विशेष समितिको बैठकले अध्यक्ष कमल थापाको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ ।

यस समितिमा सातै प्रदेश समितिका अध्यक्ष र उपाध्यक्षहरु पदेन सदस्य हुनेछन् । साथै समितिको सदस्यहरुमा धनबहादुर बुढा, भरतजंग उप्रेती, रवीन्द्र प्रताप शाह, राजेश गिरी छन् भने सदस्य सचिवमा प्राडा गीताभक्त जोशी रहेका छन् ।

संबिधानत: गत निर्वाचनबाट निर्बाचित स्थानीय तहका पदाधिकारीहरुको समयावधि आगामी चैतमा सकिंदैछ।

प्रतिक्रिया दिनुहोस्