पार्टीको औपचारिक बैठक बालुवाटारमा नगर्ने कांग्रेसको घोषणा



काठमाडौँ।नेपाली कांग्रेसले पार्टीको औपचारिक बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने भएको छ। सरकारी सम्पत्तिलाई पार्टीको काममा दुरुपयोग गरिएको भन्दै आलोचना भएपछि कांग्रेस पार्टीका बैठकहरु सरकारी कार्यालय र खर्चमा नगर्ने निर्णय गरेको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

सरकारी निवासमा बैठक नगर्ने जानकारी दिँदै महामन्त्री खड्काले शुक्रबार बिहान पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने जानकारी दिए। पार्टी कार्यालय सानेपामा क्रियाशिल सदस्यता वितरणप्रति असन्तुष्टि जनाउँदै कार्यकर्ता अनशन बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्