सरकारले गर्‍यो सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा



काठमाडौं। सरकारले बाढी पहिरो प्रभावित सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्री परिषद बैठकले सिन्धुपाल्चोक र मनाङलाई बिपद संकटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रबक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

विपद् जोखिम न्यूनीकरण ऐन अन्तर्गत ती क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर राहत तथा पुनर्निर्माणका काम अघि बढाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। एक महीनाअघि सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु लगायत क्षेत्रमा बाढी कारण धनजनको क्षति भएको थियो । यस्तै मनाङमा पनि बाढी पहिरोले ठूलो भौतिक क्षति पुर्‍याएको थियो ।

प्रतिक्रिया दिनुहोस्