एमाले सांसद प्रेम आलेले छोडे ओली समूह,देउवालाई दिए बिश्वासको मत

काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद प्रेम आलेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्।

आफुलाई मन्त्री बनाए ओली समूह छोडेर आफुले पनि बिश्वासको मत दिने भन्दै आले बुढानिलकण्ठ पुगेको समाचार यसअघि नै बाहिर आएको थियो।तत्कालीन प्रधानमन्त्री केपी ओलीले बनमन्त्रीबाट हटाएपछि असन्तुष्ट रहेका आलेले आइतबार प्रधानमन्त्री देउवाले राखेको विश्वासको प्रस्तावमाथि मतदान हुँदा पक्षमा मतदान गरेका हुन्।
आलेसहित कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले पनि देउवालाई मत दिएका थिए।

