सार्वजनिक यातायातको बढेको नयाँ भाडादर सार्वजनिक (सूचीसहित)



काठमाडौँ ।  सरकारले वृद्धि गरेको लामो दूरीमा चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक भएको छ । जाँदाजाँदै केपी ओली नेतृत्वको सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेको थियो ।

यातायात व्यवस्था विभागले शुक्रबार सार्वजनिक गरेको नयाँ भाडादर अनुसार सबै भन्दा धेरै काठमाडौंदेखि बाजुरा सदरमुकाम मार्तडीसम्म पाँच सय ७६ रुपैयाँ भाडा बढेको छ ।

तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट असार २७ गते अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर वृद्धि गर्ने निर्णय गरिएको थियो । मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ ।

खबर हबबाट साभार ।
प्रतिक्रिया दिनुहोस्