सोलुखुम्बु :सांसद राजभण्डारीको पहलमा प्राप्त स्वास्थ्य सामाग्री प्रजिअ शाहीलाई हस्तान्तरण



सोलुखुम्बु।प्रदेश १ सरकारबाट सोलुखुम्बुलाई स्वास्थ्य सामाग्री प्राप्त भएको छ । नेकपा एमाले प्रदेश नम्बर १ का प्रमुख सचेतक तथा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीको पहलमा जिल्लालाई थप स्वास्थ्य सामाग्री प्राप्त भएको हो ।
प्रदेश सरकारबाट प्राप्त सामाग्री आज ९आइतबार० प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीलाई हस्तान्तरण गरिएको छ । प्राप्त सामाग्रीमा सर्जिकल मास्क ६ हजार थान, फेस शिल्ड २ सय थान, सेनिटाइजर १ हजार एमएल र ग्लोब्स १ हजार थान रहेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रि पंक्तिमा खटिएका कर्मचारी र सुरक्षाकर्मीका लागि प्रमुख जिल्ला अधिकारीको अनुरोधमा स्वास्थ्य सामाग्री प्रदना गरिएको प्रमुख सचेतक राजभण्डारीले बताउंनुभयो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा नेकपा एमाले प्रदेश नम्बर १ का प्रमुख सचेतक तथा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाही, जनपथ प्रहरीका प्रहरी नायब उपरीक्षक कबित कट्वाल, शसस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक दिनेश शर्मा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठ लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।f

प्रतिक्रिया दिनुहोस्