एमाले कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं, २२ असार ।लामो समयदेखि निष्क्रिय नेकपा (एमाले) एकताका लागि गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ। पार्टी एकताका लागि कार्यकर्ताहरुको मुलुक ब्यापी दबाब बढ्न थालेपछि सोमबारबाट ब्युंताईएको कार्यदलको बैठक पछिल्लो पटक बस्न लागेको आज दोस्रो पटक हो।कार्यदल ब्युंतिएकै दिन हिजो सिंहदरबारस्थित अर्थ मन्त्रालयको हलमा बसेको बैठक भोलि फेरि बस्नेगरि सम्पन्न भएको थियो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ताको लागि केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षलाई सोमबार साँझ ५ बजेसम्मको समय दिएको थियो ।

तर, नेपाल पक्षले हस्ताक्षर फिर्ता लिएन । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजबाट बहस सकिएको छ । असार २८ गते उक्त मुद्दाको फैसला आउने भएको छ । अदालतको फैसला आउने समय बाँकी भएकोले यो बीचमा एकताको लागि एमालेका नेताहरु सक्रिय भएका छन् ।
छलफल सकारात्मक सुरुवात भएको कार्यदलका माधव नेपाल तर्फका संयोजक भीम रावलले प्रतिक्रिया दिएका थिए ।कार्यदलको सक्रियता बढेपछि एमाले कार्यकर्ताहरुमा पार्टी एकता हुने आश पलाउन थालेको छ।

