सरकारविरुद्ध माइतिघरमा गठबन्धनका विद्यार्थीद्वारा प्रदर्शन



काठमाडौँ । विपक्षी विद्यार्थी गठबन्धनले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। सोमबार दिउँसो उनीहरुले राजधानीको माइतिघर मण्डलामा संसद विघटनविरुद्ध प्रदर्शन गरेका हुन्।

विद्यार्थीहरुले प्रदर्शनमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न सुझाव दिएका छन्। विद्यार्थीहरुले ‘राष्ट्रपति–प्रधानमन्त्री संविधान पढ’ लेखेका प्लेकार्ड बोकेका थिए।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अखिल, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौंका विद्यार्थीहरु भेला भएर विरोध प्रदर्शन गरेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा प्रतिनिधिसभा विघटन गरिएको भन्दै विपक्षी विद्यार्थी गठबन्धनले निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्