कांग्रेसमा कृयाशिल सदस्यताको मापदण्डबारे सहमति



काठमाडाैं । नेपाली कांग्रेसले विवादित क्रियाशील सदस्यतालाई सहमतिको आधारमा टुंग्याउने निर्णय गरेको छ। क्रियाशील सदस्यता छानविन समितिका सदस्यसहित शीर्ष नेताको बैठकले सूचीकृत नामको अन्तिम टुंगो लगाउने अधिकार समितिलाई दिएको छ।

विजयकुमार गच्छदारबाट कांग्रेसमा प्रवेश गरेका सबै सदस्यको नवीकरण गर्ने सहमति भएको समिति सदस्य कल्याण गुरुङले जानकारी दिए। शतप्रतिशतभन्दा बढी आएका स्थानलाई बढी नाम नपठाउन निर्देशन गरिने भएको छ।

क्रियाशील सदस्यता छानविन समितिलाई थप १० दिनको जिम्मेवारी दिइएको छ। समितिले विवादित स्थानका नामहरुमा आफैं छलफल गरी टुंग्याउनसक्ने अधिकार दिइएको छ।

प्रतिक्रिया दिनुहोस्