पांचदल निकट विद्यार्थीले शनिबार देशभर मसाल जुलुस गर्ने



काठमाडौँ । विपक्षी गठबन्‍त्धन निकट पाँच विद्यार्थी संगठनले शनिबार फेरि देशभर मसाल जुलुससहितका प्रदर्शन गर्ने भएका छन् । पाँच विद्यार्थी संगठनको आज (शुक्रबार) बसेको बैठकले भोलि राजनितिक, संवैधानिक तथा शैक्षिक क्षेत्रमा भएको प्रतिगमनविरुद्धमा आन्दोलन गर्ने निर्णय गरेको हो ।

नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाका अनुसार असार २१ गते पनि उपत्यका भित्र र बाहिर प्रदर्शन गर्ने कार्यक्रम छ । त्यस्तै, विद्यार्थी संगठनहरूले आज पनि बिभिन्न क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहन गर्दै विरोध प्रदर्शन गरेका छन् । काठमाडौंको शंकरदेव क्याम्पस अगाडि पुत्ला दहन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । सचिव अखिल क्रान्तिकारीका सचिव पवन कार्कीकाअनुसार धरपकडमा परी केही प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्‍त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्