पूर्बराजाले उत्सवका रुपमा जन्मदिन नमनाउने,यस्तो रहेछ कारण

काठमाडौं।पूर्बराजा ज्ञानेन्द्र शाहले असार २३ गते पर्ने आफ्नो जन्मदिनलाई यसबर्ष उत्सवकारुपमा नमनाउने घोषणा गर्नुभएको छ।

सरकारले प्रभावकारी ढंगले पहल गर्न नसकेकै कारण जनताले कोरोनाको खोप उपचार पाउन नसकेर कतिपय नेपाली निराश भइ रहेको भन्दै पूर्बराजाले जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गर्नुभएको हो।
शाहले राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखा परेको पनि उल्लेख गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएपनि जनताले सुखको अनुभूति गर्न नपाएको बताएका छन् । ‘परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रुपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ ’, पूर्वराजाले बुधबार एक विज्ञप्तिमार्फत भन्नुभएको छ, ‘आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ ।’

