झलनाथ खनालको सबै उपचार खर्च एमालेले बेहोर्ने



काठमाडौ, १६ असार । नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता झलनाथ खनालको सवै उपचार खर्च पार्टीले बेहोर्ने भएको छ । बुधबार बालुवाटारमा बसेको बैठकले नेता खनालको सवै उपचार खर्च बेहोर्ने निर्णय गरेको एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

नेता खनाल दुई सातादेखि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत छन् । बैठकले नेता खनालको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्