पोखरेलले लिए बिश्वासको मत : पक्षमा ३१ विपक्षमा २७ मत



पोखरा।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशसभामा आज विश्वासको मत प्राप्त गर्नुभएको छ ।

मुख्यमन्त्री नेपालीले आफूलाई विश्वासको मत दिइयोस् भनेर सभासमक्ष राख्नुभएको प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा पक्षमा ३१ र विपक्षमा २७ मत प्राप्त भएको सभामुख नेत्रनाथ अधिकारीले सभामा घोषणा गर्नुभएको थियो ।
आजको बैठकमा ५८ सदस्य उपस्थित हुनु हुन्थ्यो ।

मुख्यमन्त्रीलाई उहाँको दल नेपाली कांग्रेसका १५, नेकपा ९माओवादी केन्द्र०का ११, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका दुई/दुई प्रदेशसभा सदस्य तथा स्वतन्त्र राजीव गुरुङले समर्थन गर्नुभएको थियो ।

प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २७ प्रदेशसभा सदस्यले विश्वासको मतका विपक्षमा मतदान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्