कास्कीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु



पाेखरा । कास्कीको माछापुछ्रे गाउँपालिका–१ मा पर्ने टुसे खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । मंगलबार खोलाले बगाइरहेको अवस्थामा एक महिलाको शवलाई स्थानीयले उद्धार गरेका थिए ।

उद्धारपछि स्थानीयले प्रहरीले खबर गरेका थिए । मंगलबार साँझ उक्त शव टुसे बस्ने ४० वर्षीय लिला परियारको रहकेको खुलेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्