नाथुउराम बन्न खोज्ने वैद्यलाई फौजदारी अभियोगमा कारबाही गर्नुपर्छ : थापा



काठमाडौं।बागमती प्रदेश सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको आपराधिक अभिव्यक्तिबारे शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादव मौन बसेको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आश्चर्य व्यक्त गरेका छन्।

साथै यस विषयमा ‘मिसनवाला’ मिडिया पनि नबोलेको प्रेस सल्लाहकार थापाको आरोप छ।
शुक्रबार प्रदेश सभाको बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीले देश सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिएका थिए। गोड्से भनेका ती व्यक्ति हुन्, जसले महात्मा गान्धीको हत्या गरेका थिए।

केही कांग्रेस नेताले भनेजस्तो आत्मालोचना मात्र गरेर नपुग्ने प्रधानमन्त्रीको हत्या गरी नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमै कारबाही गरिनुपर्ने प्रेस सल्लाहकार थापाको माग छ।

प्रतिक्रिया दिनुहोस्