सोलुखुम्बु : करेन्ट लागेर दुईको मृत्यु,दुईजना घाइते

सोलुखुम्बु ।सोलुदुधकुण्ड नगरपालिकाको सेतोमानेमा करेन्ट लागेर दुई जनाको मृत्युु भएको छ।

शुक्रबार बिहान सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ स्थित सेतोमानेमा ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।करेन्ट लागेर दुई जना घाइते घाईते भएका छन् ।
मृत्यु हुनेहरुमा ट्रकका चालक बढिगंगा गाउँपालिका ५ बाग्लुङका २६ बर्षीय भुमिराज मरासिनी र क्रेनका चालक स्याङजाका बर्ष २४ बर्षीय राम बहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घाईते हुनेमा मृतक परियारका श्रीमती लिला परियार र गुल्मीका अन्दाजी १८ बर्षीया बसन्त पौडेल रहेका छन् ।
घाईतेमध्ये बसन्तको अवस्था सामान्य छ भने लिलाको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक (डिएसपी) कवित कटवालले जानकारी दिनुभयो ।
डिएसपी कटवालका अनुसार ५१ ७३ नम्बरको ट्रकमा लोड गरेर गएकोे क्रेनले हाईटेन्सन लाईनको तारमा छुन पुग्दा दुर्घटना भएको हो । करेन्टका कारण सवारीमा आगलागी भएको प्रहरी नायब उपरिक्षक (डिएसपी) कटवालको भनाई छ ।

