प्रदेश २ : कांग्रेस-माओवादी सरकारमा जाँदै, ६ मन्त्रालय टुक्र्याएर १० वटा बनाईयो

काठमाडौं। कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन प्रदेश २ सरकारले विभिन्न ६ वटा मन्त्रालयलाई टुक्राएर १० वटा बनाएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिरिषदको बैठकले मन्त्रालय टुंग्याउने निर्णय गरेको हो ।
पार्टीको आन्तरिक द्धन्द्धपछि आफ्नै मन्त्रीलाई बर्खास्त गरेका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादी केन्द्रको साथमा सरकार पुर्नगठनको तयारी गरेका छन् ।
तीनै दललाई सरकारमा सहभागी गराउन साविकका मन्त्रालय टुक्राउने निर्णय गरेको छ ।
मन्त्रिपरिषदले भौतिक मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग तथा पर्यटन र आर्थिक मामिला तथा कानुन मन्त्रालयलाई टुक्राएको समाजिक विकास मन्त्री नवल किशोर साहले जानकारी दिए ।
मन्त्रालय टुक्राएर पनि कुन कुन मन्त्रालय नेपाली काँग्रेस र माओवादी केन्द्रले लिने भन्ने विषय टुंगो लागेको छैन् ।
माओवादी केन्द्रवाट सरकारमा सहभागी हुन सांसद भरत प्रसाद साहलाई जिम्मेवारी दिएको छ ।

