ओलीलाई हटाउने छिटो र प्रजातान्त्रिक बाटो चुनाव नै भएको थापाको भनाई



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले देश बर्बाद पारे भनि अरण्यरोदन गर्नेहरू ओलीलाई नै बलियो बनाउने काममा लागेका दाबी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले ओलीलाई हटाउने छिटो र प्रजातान्त्रिक बाटो चुनाव नै भएको जनाएका छन् ।

उनले लेखेका छन्, ‘केपी ओलीले देश बर्बाद पारे भनि अरण्यरोदन गर्नेहरू ओलीलाई नै बलियो बनाउने काममा लागेका छन् । चुनावबाट ओली हटाउने सहज, छिटो र प्रजातान्त्रिक बाटो छाडेर विपक्षहरू अदालत/सडक धाउँछन् । फेरि ओलीलाई बलियो बनाएर फर्कन्छन्, षड्यन्त्रको त्रास देखाएर रोदन जारी राख्छन् । चुनाव उपयुक्त विकल्प हो ।’

 

प्रतिक्रिया दिनुहोस्