माप्यदुधकोशी : जुभिङका १७ स्थानीय कांग्रेस परित्याग गरि एमालेमा प्रवेश

सोलुखुम्बु।माप्य दुधकोशी गाउँपालिकाको वडा नं-जुभिङका १७ स्थानीय नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन।

वडा कमिटीको अनौपचारिक भेटघाटका क्रममा उनीहरु सोमबार कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेको नेकपा एमाले माप्यदुधकोशी गाउँपालिका कमिटीले जनाएको छ।
नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीका सचिब आशबहादुर राई ‘शिशिर’ ले नवप्रबेसीहरुलाई खादा लगाएर पार्टीमा स्वागत गरेको वडा कमिटी संयोजक भुवन राईले जानकारी दिए।पार्टी प्रवेश गर्नेहरूमा बिश्वबहादुर बिक,मदन दर्नाल,अर्जुन दर्नाल,भल बिक,गोपाल बिक,तुलबहादुर बिक,बिनोद बिक र नारायणकाजी बिक रहेका छन् ।
यसैगरी,उमेश बिक,ङिमानुरु शेर्पा,देण्डी शेर्पा,छोङ्बा शेर्पा,छाली शेर्पा र भक्तबहादुर राई पनि नेपाली कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेको एमाले गाउँपालिका कमिटीले जनाएको छ।

