माओवादी केन्द्र विघटन हुन लागेपछि प्रचण्ड देउवाको शरणमा पुगेको रायमाझीको आरोप



काठमाडौं। एमाले स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्र विघटनको औपचारिक रुपमा घोषणा हुन मात्रै रहेको दावी गरेका छन् ।

केही सञ्चार माध्यमले आफ्नो नाम जोडेर फेरि माओवादीमा फर्किन लागेको भन्ने समाचार प्रकाशित गरेकोकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै रायमाझीले सो कुरा बताएका हुन। उनले प्रचण्डमा रहेको कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशामा अगाडि बढाउदै कांग्रेस सभापतिको शरणमा पुगेको आरोप समेत लगाएका छन् ।

सुशासन सहितको स्थिरता मार्फत मुलकमा दिगो र चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागी अहिले आफुहरु केपी ओलीको नेतृत्वमा रहेको उल्लेख गर्दै उनले आफू माओवादी केन्द्रमा कुनै हालतमा नफर्किने स्पष्ट पारेका छन्।

पार्टीको आयू बढाउनलाई माओवादी केन्द्रले आफुहरु बिरुद्ध भ्रमपूर्ण प्रचार गरिरहेको उनको स्पस्टोक्ती छ।

प्रतिक्रिया दिनुहोस्