मन्त्री परिषद पुनर्गठनविरुद्ध परेको मुद्दामा मंगलबार सुनुवाइ हुने

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको शुक्रबार जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षलाई सहभागी गराउदै मन्त्रिपरिषद पुनर्गठन गरेका थिए ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधानको धारा ७६(३) अन्तर्गतको वर्तमान सरकार कामचलाउ भइसके भन्दै मन्त्रिपरिषद् विस्तारसहितका महत्वपूर्ण काम गर्न नपाउने भन्दै आइतबार दायर भएको रिट आज दर्ता भएको हो ।
त्रिपाठीकाअनुसार सर्वोच्चले रिटको पहिलो सुनुवाई मंगलबारका लागि तोकेको छ ।

