कर्णाली प्रदेश : कांग्रेसबाट थपिए दुइ मन्त्री, सपथ आजै



काठमाडौं।कर्णाली प्रदेशमा सरकारमा नेपाली कांग्रेसबाट दुई मन्त्री थप गरिएको छ। कांग्रेसको तर्फबाट थप गरिएका दुई मन्त्रीमा सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा दिनबन्धु श्रेष्ठ छन्।

सुर्खेतका बिसी र जुम्लाका श्रेष्ठ दुवै समानुपातिक सांसद हुन्। कांग्रेस संसदीय दलको निर्णयअनुसार उनीहरु मन्त्रीमण्डलमा सहभागी भएका हुन्।उनीहरूको सपथ आजै दुई बजे हुने कार्यक्रम तय भएको छ।

प्रतिक्रिया दिनुहोस्