जसपाका दुई अध्यक्षलाई निर्बाचन आयोगको पत्र



काठमाडौं।एकपक्षले अर्को पक्षका केहीलाई हटाएको भन्दै जनता समाजबादी पार्टीका दुवै पक्षले अध्यावधिकका लागि निर्बाचन आयोगमा पठाएको पत्र कार्यान्वयनका लागि आयोगले अस्वीकार गरेको छ।

राजनीतिक दलसम्बन्धी दफा ५१ र नियमावली ७४ को नियम २५ ले अध्यावधिक गर्नेहुँदा अनुसूची १८ को ढाँचा बमोजिम अध्याधिकका लागि दाबी पेश गर्नुपर्नेमा सो अनुसार नभएको भन्दै आयोगले उनीहरूको आग्रहलाई अस्वीकार गरेको हो। बुधबार आयोगले जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवलाई कानुन अनुसार आउन पत्राचार समेत गरेको छ।

जसपाका अध्यक्ष ठाकुर पक्षले मंगलबार अर्का अध्यक्ष यादवलाई पार्टीको सधारण सदस्यबाट हटाएको थियो । लगत्तै उसले यादवको नाम दर्ता किताबबाट निकालिदिन पत्राचार गरेको थियो ।

त्यस्तै यादव पक्षले ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ शुक्ललाई कारबाही गरेर आयोगलाई कमिटी अध्यावधिक गर्न पत्राचार गरेको थियो ।

सोही निवेदनपछि आयोगले दुवै पक्षलाई कानुन अनुसार आउन भनेको हो । दुवै पक्ष कानुन अनुसार आएपछि मात्रै थप प्रक्रिया अघि बढ्ने ती अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्