पूर्बन्यायमूर्तिहरुले नै न्यायलयको हुर्मत लिन खोजिरहेको प्रधानमन्त्री ओलीको आरोप

काठमाडौं।प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारी पेन्सन खाएर पूर्वन्यायमूर्तिले न्यायालयको हुर्मत लिँन खोजेको आरोप लगाएका छन् ।

युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलेआफ्नो समयमा केही नगर्ने अनि वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्न सडकमा निस्कने प्रवृत्तिले हाम्रो लोकतन्त्रलाई कहाँ पुर्याउँछ?’ भन्दै प्रश्न गरेका हुन।
कालो कोटको आवरणमा केही व्यक्तिले न्यायालयलाई विवादमा ल्याउने काम गरेको आरोप लगाउंदै उनले हामीले लेखेर दिएको फैसला पढि सुनाउने न्यायाधीशबाहेकलाई हामी मान्दैनौँ भन्नु खेदजनक भएको बताए ।
‘वकिलहरूले न्यायाधीश तय गर्ने अब?’ ओलीले प्रश्न गरे, ‘कस्तो न्यायिक सिस्टम हामी तय गर्दैछौं? कालो कोटधारी केही व्यक्तिहरूले न्यायालयलाई कुन अवस्थामा पुर्याउँदै हुनुहुन्छ? बडो गम्भीर विषय छ।’
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गठन गरेको ५ सदस्यीय (जबरा, आनन्दमोहन भट्टराई, दीपककुमार कार्की, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ) इजलासमाथि विपक्षी गठबन्धनका १४६ सांसद निवेदन रहेको रिटमा बहस गर्ने वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएको प्रती आश्चर्य व्यक्त गर्दै ओलीले केहि कालोकोटेहरुको यस्तो सोचले न्यायलय कहाँ पुग्ला भन्ने प्रश्न गरेका थिए।
युवा संघको केन्द्रीय सचिवालय बैठकले आज नेतृत्व हस्तान्तरण गर्दैछ। वर्तमान युवा संघका अध्यक्ष बच्चनबहादुर सिंहले किरण पोखरेललाई नेतृत्व हस्तान्तरण गर्दैछन्

