संबैधानिक इजलासबारे अन्यौलता कायमै



काठमाडौं ।विपक्षी कानुन व्यवसायीहरुको माग अनुसार संवैधानिक इजलास दुई न्यायाधीसलाई निरन्तरता दिने या नदिने भन्ने बिषयमा मंगलबार निर्णय हुनेभएको छ।

प्रतिनिधिसभा विघटन मुद्दाको फैसला सुनुवाईका लागि गठन गरिएको संवैधानिक इजलासमा विवादित न्यायाधीशलाई नियुक्त गरेको भन्दै विपक्षी कानुन व्यवसायीहरुले विरोध गरिरहेका छन् ।
संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले संवैधानिक इजलास छोड्नुपर्ने माग राखेपछि विवादले उग्र रुप लिएको हो ।

सोमबार सर्वोच्च अदालतमा भएको बहसमाथि आन्तरिक छलफल भएको थियो । तर, छलफलका क्रममा एक मत हुन नसक्दा सोमबार कुनै पनि आदेश जारी हुन सकेन ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूसँग छलफल गरेका थिए । प्रधानन्यायाधीश जबराले न्यायाधीशद्वय केसी र श्रेष्ठलाई इजलासमा राख्ने वा नराख्ने भन्ने विषयमा भोली संवैधानिक इजलासमा आदेश सुनाउने सम्भावना रहेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्