कांग्रेस लगायत ५ दलको गठबन्धन निर्बाचनसम्म कायम रहने



काठमाडौं। राष्ट्रपति र प्रधानमन्त्रीका कारण संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको भन्दै नेपाली कांग्रेससहितका पाँच दलले प्रतिनिधिसभा विघटनविरुद्ध सुरु भएको गठबन्धनलाई आगामी निर्वाचनसम्मै कायम राख्ने भएका छन्।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपाल समूह एकजुट भएका छन्। यो कार्यगत एकतालाई कायम राख्ने समझदारी ती दलका नेताहरुले गरेका हुन।।

जेठ ११ गते कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेका माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच बानेश्वरमा बैठक बसेको थियो। सो बैठकमा यस्तो समझदारी भएको नेताहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्