१० बर्षीय भतिजी बलात्कार गर्ने काका पक्राउ



गुल्मी । दाईको छोरीलाई जबरजस्तिकरणी गर्ने काका पक्राउ परेका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर २ का १९ बर्षिया पुरुष पक्राउ परेका हुन् । उनले मंगलबार नाताले भजिती पर्ने अर्थात दाइको १० बर्षिय छोरीलाई लुकामारी खेल्न जाउँ भन्दै नजिकैको सार्वजनिक जगंलमा लगेर करणी गरेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

पीडित बालिकाकी आमाले भने घटनाको दुई दिनपछि बिहिबार मात्रै प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरीपछि युवकलाई इलाका प्रहरी कार्यालय, रिडीबाट प्रहरी निरिक्षक सुवराज बमको नेतृत्वमा गएको समुहले पक्राउ गरेको थियो । पक्राउ परेका युवकलाई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सुचना अधिकारी पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्