कोरोना संक्रमणका कारण बाग्मती प्रदेश सांसद तथा एमाले नेता चौंलागाईंको निधन



काठमाडौँ । एमालेका नेता तथा वागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईँको कोरोनाका कारण निधन भएको छ ।

मनमोहन मेमोरियल अस्पतालमा उपचाररत चौलागाईँको मंगलबार राति निधन भएको हो । गत साता कोरोनाभाइरसबाट संक्रमित भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

दोलखा प्रदेश सभा (ख) बाट निर्वाचित भएका चौलागाईँ यसअघि प्रतिनिधिसभा सांसद समेत थिए । चौलागाईँ युवा संघका पूर्वअध्यक्ष र पछि पार्टीको वागमती अञ्चल कमिटीको ईन्चार्ज समेत बनेका थिए । चौलागाईँका श्रीमति सहित एक छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्