शेर्पा भाषाको एप्स निर्माणका लागि अमेरिकाबाट ५ लाख, ५० हजार सहयोग

सोलुखुम्बु ।शेर्पा संघ अमेरिकाले शेर्पा भाषाको एप्स निर्माणका लागि ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

शेर्पा भाषाको संरक्षण तथा सम्बर्द्धनका लागि शेर्पा भाषाको एप्सले महत्वपूर्ण भुमिका खेल्ने ठानेर सो विश्व शेर्पा संघका अध्यक्ष आङदोर्जी लामा शेर्पालाई
आर्थिक सहयोग हस्तान्तरण गरिएको शेर्पा संघ अमेरिकाका अध्यक्ष आङजाङ्बु शेर्पाले जानकारी दिए।
एप्स निर्माणका लागि सहयोग स्वरुप उठेको २ लाख ३५ हजार १८ रुपैयाँ र नेपाने क्लब खोरिया अमेरिकाका अध्यक्ष छेवाङ लामा शेर्पाले सँस्थागत रुपमा हस्तान्तरण गरेको रकम ३ लाख १५ हजार गरी जम्मा ५ लाख, हजार, १८ रुपैयां हस्तान्तरण गरिएको शेर्पा संघ अमेरिकाका अध्यक्ष शेर्पाको भनाई छ।
विश्व शेर्पा संघले शेर्पा भाषाको संरक्षण, बिकासका लागि सबैले जहाँसुकै रहेर सरल रुपमा भाषा सिक्न सक्ने गरी एप्स निर्माण कार्य अगाडि बढाएको छ।
यो नेपालको सन्दर्भमा भाषा सम्बन्धी पहिलो शेर्पा भाषा एप्सको निर्माण हुन लागेको हो। यो भाषा एप्स पूर्ण भएपछि आफ्नो फोन, ल्यापटपमा डाउनलोड गरी एप्समार्फत नि:शुल्क शेर्पा भाषा सिक्न सकिने विश्व शेर्पा संघका अध्यक्ष लामा शेर्पाले बताए ।

