थुलुङ दुधकोशीको वडा नं ७ र ८ को संयुक्त भेला सम्पन्न,दुबै वडामा वडा कमिटी गठन

काठमाडौं।नेकपा एमालेले जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा न ७ र ८ मा वडा कमिटी गठन गरेको छ।

गाउँपालिकाको वडा नं-८ स्थित बुडिडांडामा दुबै वडाको संयुक्त अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरी वडा कमिटी गठन गरिएको जिल्ला कमिटी सदस्य गोपाल घिमिरेले जानकारी दिए।घिमिरेका अनुसार भेलाले ७ नं वडा कमिटी अध्यक्षमा चतुरमान तामाङ र ८ नं वडा कमिटी अध्यक्षमा रामचन्द्र राइ चयन भएका छन।
नेकपा एमालेका केन्द्रीय परिषद सदस्य मानबीर राईको प्रमुख आतिथ्यमा सम्पन्न संयुक्त भेलाद्वारा गठित ७ र ८ नम्बर वडा कमिटीमा क्रमशः २१ र ५१ सदस्य रहेको बताइएको छ। ७ नं वडा कमिटीको उपाध्यक्षमा टंकराम राई,सचिव संगम राई, उपसचिव लिलामान तामङ र ८ को उपाध्यक्षमा डि.वि.राई, सचिव समीर राई, उपसचिव वीर बहादुर राई र संगितकला राईलाई गाउँपालिका कमिटीमा सिफारिस गरिएको घिमिरेले बताए।

जिल्ला कमिटी सदस्यसमेत रहेका ७ नं वडाध्यक्ष तामाङको सभापतित्वमा सम्पन्न भेलामा प्रदेश कमिटी सदस्य तथा सांसद उत्तम बस्नेत, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला, सचिब आसकुमार राई ‘शिशिर’, सचिवालय सदस्य तथा थुलुङ दुधकोशी गाउँपालिका पार्टी इन्चार्ज वीर उदास श्रेष्ठ,जिल्ला सदस्य इन्द्रकुमार राई ,श्यामबहादुर राई,आङबाबु राई,अर्जुन राई,दावा तामाङ लगायत विभिन्न भातृसंगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ९० जना स्थानीय नेकपा एमालेमा प्रवेश गरेको कार्यक्रमका संचालक जिल्ला सदस्य घिमिरेले बताए ।नवप्रबेशीहरुलाई प्रमुख अतिथि राई, प्रदेश सदस्य बस्नेत र जिल्ला कमिटी अध्यक्ष बास्तोलाले स्वागत गरेका थिए।नवगठित वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाइ इन्चार्ज श्रेष्ठले मंगलबार नै सपथ गराएका थिए।

