माप्यदुधकोशीमा एमालेको १०३ सदस्यीय गाउँपालिका कमिटी गठन

खगिन्द्रराज बास्तोला
सोलुखुम्बु ।नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले जिल्लाको माप्यदुधकोशी गाउँपालिकामा पार्टी प्रशिक्षण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ।

पार्टीका केन्द्रीय परिषद सदस्य मानबीर राईको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न भेलाले गाउँपालिकाकी निर्बाचित उपाध्यक्ष जुनिता मगर नेतृत्वको गाउँपालिका कमिटीमा पदाधिकारी तथा सदस्यहरुको चयन गरेको जिल्ला कमिटी सचिब आशकुमार राई ‘शिशिर’ ले जानकारी दिए।
१०३ सदस्यीय गाउँपालिका कमिटीको उपाध्यक्षमा तोन्जे राई,सचिबमा हाकिमध्वज राई र सह-सचिवमा उत्रमान राई रहेको बताईएको छ।मगरलाई जिल्ला कमिटीको तेर्हौं पूर्ण बैठकले यश अघि नै गाउँपालिका कमिटीको अध्यक्ष चयन गरेको थियो।गाउँपालिका कमिटीको इन्चार्ज र सह- इन्चार्जमा क्रमशः नारायणकाजी कार्की रहेका छन्।
भेलाले गाउँपालिकाका ७ वटै वडाका लागि संयोजक र सह-संयोजक समेत तोकेको छ।जिल्ला कमिटी सचिब राईका अनुसार वडा नं १ को संयोजकमा भक्तबहादुर राई र सह-संयोजकमा शहबल कुलुङ राई,वडा-२ को संयोजकमा तेजबहादुर थापामगर वडा नं-३ को संयोजकमा सुबास राई र सह-संयोजकमा टीकाबहादुर कार्की रहेका छन।

यसैगरी ४ नं वडा संयोजकमा यकर राई र सह-संयोजकमा गौरव राई, ५ नं वडा संयोजकमा महेश राई र सह संयोजकमा किताब तामाङ, ६ नं वडा संयोजकमा दलबहादुर राई र सह-संयोजकमा सूर्य राई तथा ७ नं वडा कमिटीको संयोजकमा रमेश राई र सह-संयोजकमा आङग्याल्जेन शेर्पा रहेको राईले बताए ।
भेलालाई कार्यक्रमका प्रमुख अतिथि राई, बिशिस्ट अतिथि पार्टी जिल्ला कमिटीका अध्यक्ष डुफकुमार बास्तोला, अतिथिहरु जिल्ला कमिटी सचिब राई, गाउँपालिका कमिटी इन्चार्ज कार्की, जिल्ला कमिटी सदस्यहरु अर्जुन खालिङ, तेजबहादुर थापा मगर,डबलसिं राई लगायतले आ-आफ्नो मन्तब्य व्यक्त गरेका थिए।

