सोलु एमालेले सात दिने समयसीमा सहित सोध्यो ११ नेतालाई स्पष्टीकरण (को- को परे?)



सोलुखुम्बु।नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी सोलुखुम्बुले माधव नेपाल-झलनाथ खनाल समूहका नाममा समानान्तर गतिविधि सन्चालन गरिरहेका पार्टीका ११ जना नेतालाई स्पष्टीकरण सोधेको छ।

जिल्लामा पार्टीको समानान्तर कमिटी गठन र प्रदेश कमिटी सदस्यमा मनोनयनको खबर सार्बजनिक भएसंगै बिज्ञप्ति निकालेर सच्चिनका लागि बैशाख १० गतेसम्मको समय सीमा दिएको एमाले जिल्ला कमिटीले समयावधि भित्र पार्टीको निर्देशन कार्यान्वयन नगरेका कारण स्पष्टीकरण सोधिएको नेकपा एमाले सोलुखुम्बुका संगठन बिभाग प्रमुख हर्क नाछिरिङ राइले बताएका छन।राईका अनुसार आइतबार स्पष्टीकरण सोधिएका एमाले नेताहरूमा आङ ङिमा लामा,बुद्धिकिरण राई,सुजाता राई,जुद्द बहादुर कार्की,दोर्जी जाङ्बु लामा,डिल्ली राई,प्रेमकुमार श्रेष्ठ,दोर्जी सुशील शेर्पा ,नन्दराज गुरुङ, सन्तोष थापा मगर र मानबीर राई रहेका छन।

स्पष्टीकरण सोधिएका आङङिमा जिल्ला कमिटीका पूर्ब अध्यक्षका साथै हाल प्रदेश कमिटी सदस्य छन् भने श्रेष्ठ, शेर्पा,राईद्वय,कार्कीलाइ प्रदेश कमिटी सदस्य मनोनयन गरिएको नेपाल-खनाल समूहले जनाएको थियो । दोर्जीजाङ्बु, गुरुङ र राई क्रमशः सो समूहको जिल्ला कमिटी अध्यक्ष,उपाध्यक्ष र सचिबको जिम्मेवारीमा रहेको बताईएको छ।

नेकपा एमालेको बिधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९(क) को १,२,३,४,५,६,७ (ख) बमोजिम जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला र सचिब आसकुमार राई ‘शिशिर’ को संयुक्त हस्ताक्षरबाट सोधिएको स्पष्टीकरणमा जवाफका लागि ७ दिनको म्याद दिइएको संगठन बिभाग प्रमुख राईको भनाई छ।दिईएको ७ दिने समय सीमा भित्र चित्तबुझ्दो जवाफ नआए जिल्ला कमिटीले पार्टी बिधान अनुसार उनीहरूलाई कारबाही गर्ने राइले स्पष्ट पारे।

सो समूहले प्रदेश कमिटीमा मनोनयन गरेको प्रचार गरेपनि जिल्ला कमिटी सदस्य नरेन्द्र राईले भनें यसअघि नै सो पद अस्वीकार गरिसकेका छन।बिना सोधपुछ र अनुमति आफुलाई प्रदेश कमिटीमा मनोनयन गरिएको भन्दै राईले आफू एमालेको जिल्ला कमिटी सदस्यमा यथावत रहेको स्पष्ट पारेपछि उनलाइ भने स्पष्टीकरण नसोधिएको राईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्