सोलुदुधकुण्ड यूथ क्लबलाई तरुण दल सोलुका पूर्बअध्यक्ष बस्नेतको आर्थिक सहयोग

काठमाडौं।नेपाल तरुण दल सोलुखुम्बुका पूर्ब अध्यक्ष एबम् नेपाली कांग्रेसका लोकप्रिय यूबा नेता देबेन्द्र बस्नेतले सोलुदुधकुण्ड युबा क्लबलाई आर्थिक सहयोग गर्नुभएको छ।

सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका घर भइ हाल अस्ट्रेलियामा रहनुभएका समाजसेवी बस्नेतले सहोदर भाइ नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पूर्ब सदस्य अधिबक्ता राजनजंग बस्नेत मार्फत १ लाख २५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो।

क्लब सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकालाई कार्यक्षेत्र बनाएर समाजसेवामा सकृय रहंदै आएको छ।बस्नेतले आइतबार राजधानीमा सो रकम बराबरको चेक क्लबका कोषाध्यक्ष बिनोद परियारलाई हस्तान्तरण गर्नुभएको हो।
चेक हस्तान्तरण कार्यक्रममा सोलुखुम्बु कांग्रेसका नेताहरु रामबहादुर बस्नेत,रोशन थुलुङ र तरुण दल अध्यक्ष अशोक झा उपस्थित हुनुहुन्थ्यो ।समाजसेवाका लागि क्लबलाई थप प्रोत्साहित गरेको भन्दै क्लबले बस्नेतद्वयलाइ धन्यवाद व्यक्त गरेको छ।


