नेराशि संगठन सोताङ र खुम्बु पासाङल्हामुको दोस्रो अधिवेशन सम्पन्न



खगिन्द्रराज बास्तोला

सोलुखुम्बु । जिल्लाका खुम्बु पासाङल्हामु र सोताङ गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष वीरबहादुर राईको प्रमुख आतिथ्यता, उपाध्यक्ष लक्ष्मी कार्की बस्नेत र शिक्षक संगठनका जिल्ला सचिव टंक दाहालको विशिष्ठ आतिथ्यतामा सम्पन्न सोताङ गाउँपालिकाको दोस्रो अधिवेशनले लाकूकुविर राईको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । नवनिर्वाचित समितिको महिला उपाध्यक्ष्यमा चन्द्रकुमारी बस्नेत, उपाध्यक्षमा हरिबहादुर बस्नेत, सचिवमा बुद्धराज राई, कोषाध्यक्षमा तुलसा बस्नेत, सह–सचिवमा देविका थापा र सह–कोषाध्यक्षमा धनकुमारी थापा रहेका छन् ।
यसैगरी खुला सदस्यमा प्रदीप कार्की, मिमकुमारी खालिङ, निर्मला बास्तोला, लोकेन्द्र राई, अम्बिर राई, महिला सदस्यहरुमा धनकुमारी बस्नेत, जुलीमाया राई, महासंघ प्रतिनिधिम वीरबहादुर राई, प्रदेश प्रतिनिधिमा अभिनाथ राय, गीता गुरुङ, र जीतबहादुर खतिवडा रहेको संगठनले जनाएको छ ।
कार्यक्रम संगठनका अध्यक्ष गीता गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो । उता संगठनको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्षमा रामबहादुर बस्नेत चयन भएका छन् । समितिको महिला उपाध्यक्षमा बिमला कुलुङ, उपाध्यक्षमा गगनकुमार राई, सचिवमा रविन राई, कोषाध्यक्ष रविका राई, सह–सचिव सपना राई, सहकोषाध्यक्ष प्रेमकुमार राई रहेका छन् ।


सदस्यहरुमा गोपालसिंह धामी, कुमार राई, यामबहादुर बस्नेत, पेमा याङ्जी शेर्पा, महिला सदस्यद्वयमा ङिमपुसी शेर्पा, पुनम राई, महासंघ प्रतिनिधिमा कुमारसिंह राई, सेवा निवृत्त वीरुमान राई र महेन्द्र कठायत, प्रदेश प्रनिधिमिा बि.कुमार बि.क., धनकाजी बस्नेत, चित्रकुमार बस्नेत रहेको संगठनले जनाएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन स्थानीय समितिका अध्यक्ष कुमारसिंह राईको सभापतित्व तथा संगठनका पूर्व अध्यक्ष विरुमान राईको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्