थुलुङ दुधकोशी : ३५ सदस्यीय वाईसीएल र ३१ सदस्यीय अनेमसंघ (क्रान्तिकारी) गाउँ कमिटी गठन

सोलुखुम्बु ।नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको जनबर्गीय संगठन योङ कम्युनिस्ट लिग (ycl)र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) थुलुङ दुधकोशी गाउँपालिका कमिटी गठन भएको छ।

नेकपा माओवादी केन्द्रका नेता एबम् थुलुङ गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यमा सम्पन्न संयुक्त भेलाले सूर्यबहादुर राईको नेतृत्वमा ३५ सदस्यीय योङ कम्युनिस्ट लिग र अनिता खड्का कार्कीको अध्यक्षतामा ३१ सदस्यीय अनेमसंघ क्रान्तिकारी थुलुङ दुधकोशी गाउपालिका कमिटी गठन गरिएको लिगका जिल्ला कमिटी सदस्य मोहन बस्नेतले जानकारी दिए।
शनिबार सम्पन्न भेलाबाट गठित लिगको गाउँपालिका कमिटी उपाध्यक्षद्वयमा जनक बस्नेत र निरकुमार पौडेल,सचिबमा रामकृष्ण तामाङ,सहसचिवत्रयमा ज्ञानप्रसाद राई,प्रबिन राई र रोशन राईका साथै कोषाध्यक्षमा कृतिका राई छन् ।
कमिटीका सदस्यहरुमा प्रदीप बस्नेत,दिपा बस्नेत,अष्टमान तामाङ,शिव भुजेल,भगनाथ बस्नेत,बिक्रम राई,बिप्लव राई,हिमराज तामाङ,नइन्द्र राई,बलबहादुर राई(अनिल),गणेश हिमहङ,प्रकाश बस्नेत, बिशन राई,मनि थुलुङ,शुष्मा माझी छन।
यसैगरी,पाबुङ राई,मिलन राई,नरेश तामाङ,महेन्द्र तामाङ,खेमबहादुर केसी,जङ्ग राई,मिङमार तामाङ,केशव राई,अम्बिर राई,पासाङ तामाङ,मिङमार तामाङ,बिप्लव राई,भेषराज तामाङ,सुबास बस्नेत,भिसनबाबु राई ,प्रबिन थुलुङ राई,दिपा बस्नेत खत्री,अष्टमान तामाङ,बिक्रम राई,केशव राई लगायत सदस्य रहेको बस्नेतले बताए ।
अनेमसंघ क्रान्तिकारीकि केन्द्रीय सदस्य सुनिता किराँती,माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिका कमिटी अध्यक्ष घनश्याम नेपाली
योङ कम्युनिस्ट लिग जिल्ला कमिटी अध्यक्ष देउता बस्नेत, राम संघर्ष किरांती,रामकिरण राई र मोहन बस्नेत लगायतका नेताहरूको उपस्थितिमा सम्पन्न भेलामा नेपाली कांग्रेस र एमाले परित्याग गरि दर्जन बढी कार्यकर्ता माओबादी केन्द्रमा प्रवेश गरेका थिए।नव प्रवेशीहरुलाई प्रमुख अतिथि राईले खादा ओडाएर स्वागत गरेका थिए।

