नेपाली कांग्रेसले सोमबारका लागि बोलायो केन्द्रीय समिति बैठक, के बिषयमा हुँदैछ छलफल ?



काठमाडौं, ११ वैशाख २०७८ । नेपाली कांग्रेसले आगामी १३ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी १३ गते दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो । बैठकमा पछिल्लो राजनीतिक अबस्थासँगै कांग्रेसको आगामी महाविधेशनका विषयमा छलफल हुने जनाइएको छ ।

कांग्रेसले बैशाख १५ गतेसम्म ४ वटा जिल्लाबाहेकका अन्य सबै जिल्लाले क्रियाशिल सदस्यता नविकरण र वितरणको काम सक्न निर्देशन दिएको छ । १५ गतेपछि सदस्यता नवीकरणको सफ्टवेयर नै नचल्ने बनाएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्