नेकपा एमाले सोताङले शनिबार अगुवा कार्यकर्ता भेला गर्ने

सोलुखुम्बु ।नेकपा एमाले सोताङ गाउंपालिका कमिटीले नव बर्षको अवसरमा अगुवा कार्यकर्ता भेला गरि शुभकामना आदानप्रदान गर्ने भएको छ।

आगामी शनिबार आयोजना हुने कार्यक्रममा गाउँपालिका कमिटीमा हालै मनोनित सदस्यहरुलाइ सपथग्रहण गराउने कार्यक्रम रहेको गाउँपालिका कमिटी अध्यक्ष प्रकाश कार्कीले जानकारी दिए।
कार्कीका अनुसार नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य मानबीर राइको प्रमुख आतिथ्यमा सोताङ पब्लिक क्याम्पसको प्रांगणमा आयोजना हुने सो कार्यक्रममा केन्द्रीय सदस्यद्वय प्रदेश नं १ नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक वुद्दिकुमार राजभण्डारी, र उत्तम कुमार वस्नेत ,प्रदेश कमिटी सदस्य महेश किराँती,जिल्ला कमिटी अध्यक्ष डुफकुमार वास्तोला र सोताङ गाउँपालिका अध्यक्ष बीरबहादुर राई लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

