कांग्रेसले सरकार गठनबारे जसपासंग सल्लाह नगरेको महतोको आरोप



काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले नेपाली कांग्रेसले आफ्नो पार्टीसँग कुनै पनि सल्लाह नगरी एकलौटी रुपमा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको आरोप लगाएका छन्।

संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहलाई प्रतिक्रिया दिँदै उनले कांग्रेसको यो आन्तरिक निर्णय भएको बताउँदै आफूले केही टिप्पणी गर्न नमिल्ने बताए।

उनले भने,‘वैकल्पिक सरकार बनाउने सन्दर्भमा कतैबाट केही प्रस्ताव आयो भने त्यतिबेला हामीले कुन सरकारलाई सहयोग समर्थन गर्ने, कुन पार्टीलाई सहयोग समर्थन गर्ने वा आफैँ नेतृत्वमा जाने त्यतिबेला पार्टीले एउटा दृष्टिकोण बनाउँछ। तर त्यो अवस्था आएको छैन’

कसको नेतृत्वमा सरकार बनाउने यी सवालहरु सामुहिक रुपमा आफ्नो पार्टीमा छलफल हुने उनले बताए।

सरकार, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गरी तीनवटै पार्टीसँग निरन्तर रुपमा कुरा भइरहेको र आफ्नो माग र मुद्दा सम्बोधनको विषयमा कुरा उठाइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्