नेपाल राष्ट्रिय शिक्षक संगठन नेचासल्यानको दोश्रो अधिबेशन सम्पन्न

खगिन्द्रराज बास्तोला
सोलुखुम्बु ।नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नेचासल्यान गाउंपालिकाकाे दाेस्राे अधिवेशनले छत्रबहादुर राइलाइ अध्यक्ष चयन गरेको छ।

सोलुखुम्बु प्रदेश ‘क’ का सांसद उत्तम बस्नेतको प्रमुख आतिथ्य तथा नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाको बिशिस्ट आतिथ्यमा शनिबार सम्पन्न अधिबेशनले राइलाइ सर्बसम्मत रुपमा अध्यक्ष चयन गरेको संगठन नेचासल्यान गाउँपालिका निबर्तमान अध्यक्ष छवि बास्तोलाले रहस्यखबरलाइ बताए।
बास्तोलाका अनुसार अधिबेशनबाट महिला उपाध्यक्षमा अम्बिका राई,उपाध्यक्षमा प्रभुराम राई,सचिवमा पेशल बास्तोला,काेषाध्यक्षमा मेनुका शर्मा ,सह सचिवमा उर्मिला शर्मा र उप काेषाध्यक्षमा गुणा शर्मालाई चयन गरेको छ।
यसैगरी,खुला सदस्यमा चित्र ढुंगाना,केशव राइ,पुटक भट्टराई,देबकुमारी शर्मा र दुर्गा प्रसाद आचार्य एक तिहाई महिलामा सकुन्तला बस्नेत,यत्नकुमारी कटेल महासंघ प्रतिनिधि बीरबहादुर भण्डारी र संस्थागतबाट ओमप्रसाद बास्तोला छन् ।
यसैगरि प्रदेश प्रतिनिधिमा एकराज शर्मा, प्रेम शर्मा र कृष्ण सार्की रहेको सो संगठनले जनाएको छ।अधिबेशनमा उत्कृष्ट शिक्षकका रूपमा केदार माबिका शिक्षक यमबहादुर राइलाई सम्मानित समेत गरिएको थियो।
सोही कार्यक्रममा कुमारी शर्मा ,बिनाेद बस्नेत ,उर्मिला बस्नेत,हिम काफ्ले,चित्र ढुङ्गाना,यत्नकुमारी,खेम कटेल,झनकुमारी शर्मा नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश गरेका छन।उनीहरूलाई प्रमुख अतिथि बस्नेत र बिशिस्ट अतिथि बास्तोलाले स्वागत गरेका थिए।



