सोताङ : धमाधम वडा पार्टी कार्यालयको स्थापना गर्दै माओवादी केन्द्र

सोलुखुम्बु। नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) ले सोताङ गाउँपालिकाको वडा नं ५ मा पार्टीको वडा कमिटी कार्यालय स्थापना गरेको छ।

जिल्ला पार्टी अध्यक्ष गोम्बु शेर्पा (कर्ज्याङ) को प्रमुख आतिथ्यमा सम्पन्न कार्यालय स्थापना कार्यक्रममा १० जनाले पार्टी प्रवेश गरेका छन।पार्टी प्रवेश गर्नेहरुमा धर्मराज राई,आस कुबिर राई,होमनाथ गोतामे,रमेश राई,राम प्रसाद राई,टुक कुमार मगर,कृष्ण कार्की, शङखर मगर,बिपन नाछिरीङ्ग र बिक्रम मगर हुनुहुन्छ।
दुर्गा राईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य सागर किराती र अमृता कुलुङ, जिल्ला कमिटी सदस्यहरु दिपक खड्का, शैमान राई, धन कुमार बिक र मदन राई लगायतको उपस्थिती रहेको लक्ष्मण मिसन कार्कीले बताउनु भयो।
उक्त, भेलाले अन्य वडा कमिटी कार्यालयहरु स्थापना गर्ने मिति पनि तय गरेको छ। जसअनुसार वडा न ३ मा चैत्र २२ गते,वडा न-१मा चैत्र २३ गते,वडा न-२ मा चैत्र २४ गते र वडा न-४ मा चैत्र २५गते वडा पार्टी कार्यालय स्थापना गरिने छ।

