धार्मिक अल्पसंख्यकको रक्षा गर्न पाकिस्तानी प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको करक जिल्लामा रहेको हिन्दूसन्त श्रीपरमहंसजी महाराजको ऐतिहासिक मकबरालाई सरकार समर्थित मुसलमानहरुले ध्वस्त पारेको घटनाप्रति आपत्ति जनाउँदै नेपाल डिमोक्रेट युनियनले यस्ता घटना तत्काल रोक्न पाकिस्तानी प्रधानमन्त्री इमरान खानको ध्यानाकर्षण गराएको छ।

नेपालस्थित पाकिस्तानी राजदुतावासमार्फत मेमोरेण्डम बुझाउंदै युनियनले प्रधानमन्त्री खानसंग सो आग्रह गरेको हो।
धार्मिक अल्पसंख्यकको हित सुरक्षा–संरक्षणबारे बुझाइएको सो मेमोरेण्डममा अगाडी भनिएको छ,-
यस प्रकारका घटनाले पाकिस्तान बाहिरका इस्लाम धर्मावलम्वीहरु पनि सुरक्षित रहन सक्ने स्थिति रहँदैन । हिन्दू मन्दिरहरुको तोडफोडका साथै बौद्ध, ईसाई, अहमदिया धर्मावलम्बीहरु माथि दोस्रो दर्जाको व्यवहार र दमन अल्पसंख्यक नावालिगहरुलाई जवरजस्ती इस्लाम धर्मावलम्वी बनाई विवाह गर्ने कार्यलाई प्रोत्साहित गरेर पाकिस्तानी इस्लामिक सरकारले आफ्नो मानवता विरोधी रुप उदांग पारको छ । नेपाल डेमोक्रेट युनियन पाकिस्तानी सरकारको आतंकवादी रवैयाको घोर भर्तस्ना गर्दै यस्ता कार्य तत्काल रोक्न चेतावनी दिन चाहन्छ।
यसैगरी पाकिस्तान सरकारको आतंकवादी एजेन्सी आईएसआईद्वारा हालै बलुचिस्तानकी लोकप्रिय प्रजातान्त्रिक नेत्री करिमा बलोचको क्यानाडामा गरिएको कायरतापूर्ण हत्याप्रति गहिरो क्षोभ व्यक्त गर्दछ । सरकारी आतंकवादका विरुद्ध प्रजातान्त्रिक अधिकारका पक्षमा करिना बलोचको हत्यालाई अस्विकार गरिनुपर्दछ । प्रजातन्त्रमा विस्वास गर्ने विश्वसमुृदाय विरुद्ध पाकिस्तानी सरकारी आतंकवादको वर्वरतापूर्ण आवक्रमणको श्रृंखलाको यो एउटा कडी हुनुपर्दछ । स्वीडेनमा पनि गरिएको यस्तै प्रकारको हत्याको निन्दा र विरोध गर्दछ । त्यसैगरी फ्रान्समा मच्चाईएको आतंकवादी तान्डवले इस्लामिक आतंकवादी र पाकिस्तानी सरकारको अनुहार उदांगो पारेको छ ।
प्रजातन्त्र, मानवअधिकार एवं अभिव्यक्ति स्वतन्त्रता एवं धार्मिक स्वतन्त्रता विरोधी मुस्लिम आतंकवादले धार्मिक अल्पसंख्यक विरुद्ध हात मिलाउन थालेको प्रति प्रजातान्त्रिक विश्व समुदाय कठोर बन्नुपर्ने वेला आएको छ । इस्लामिक आतंकवादलाई बल पुर्याउन कम्युनिष्ट चीनले पाकिस्तानलाई हातहतियार देखि थुप्रै कुरामा सहयोग गर्दै आइरहेको छ । नेपाल डेमोक्रेट युुनियन यसको तीव्र भर्तसना गर्दछ ।
गिलगित बाल्टिस्तान क्षेत्रमा पच्चीस सय वर्षअघिका हजारौं वौद्द शिलालेख तथा कलाकृतिले सम्पन्न सिँगो गाँउ नै डुबाउने गरी दियामर भाशा बाँध बनाउनु इस्लामिक कम्युनिष्ट सहकार्य भएको स्पष्टै छ । विश्व बौद्ध समुदाय यस कार्यको निन्दा गर्दछ र यसलाई तत्काल रोक्न चेतावनी दिन चाहन्छ ।
आतंकवादलाई बलियो बनाएर प्रजातान्त्रिक विश्वलाई क्षति पुर्याउने अन्तिम लक्ष्यका साथ मुस्लिम–कम्युनिष्टबीच भएको यसप्रकारको हातेमालो विश्वका निम्ति ठूलो चुनौती बन्दै गएको छ । आतंकवादको कुनै राष्ट्र वा धर्म हुदैन भन्ने बुझेको विश्वले यो गठबन्धनलाई कदापि सहन नगर्ने तथ्य नेपाल डेमोक्रेट युनियन तपाईंलाई स्मरण गराउन चाहन्छ ।
कम्युनिष्ट चीनले १० लाखभन्दा बढी विगर मुस्लिमहरुलाई एक प्रकारको कैदमा राखेर भीषण दमन गरिरहेको अवस्थामा त्यसलाई अनदेखा गरेर इस्लामिक रिपब्लिक अफ पाकिस्तानले कम्युनिष्ट चीनसँग सहकार्य गर्नुको सन्देश विश्व इस्लामिक समुदायले राम्ररी बुझेको छ । धर्म–संस्कृति विरोधी कम्युनिष्ट चीनले पाकिस्तानी इस्लामिक आतंकवादी सरकारलाई सहयोग गर्नु चीन–पाकिस्तान आतंकवादी को–अपरेशन प्रोजेक्ट्स अन्तर्गत नै हो । यसबाट मानव सभ्यताले भोग्नुपर्ने खतरा र चुनौतीलाई ध्यानमा राख्दै प्रजातन्त्र–मानवअधिकार प्रेमी विश्व समुदायले इस्लामिक–कम्युनिष्ट आतंकवादी गठबन्धनलाई समाप्त पार्न जुनसुकै कदम चाल्ने समय नजिकिदै गएको छ ।
यस तथ्यलाई दृष्टिगत गरी इस्लामिक तथा कम्युनिष्ट आतंकवादलाई विश्वबाट निर्मूल पार्न पाकिस्तान सरकारले ढीला नगरोस् । अन्यथा यसबाट पुग्ने क्षतिको जिम्मेवार उ स्वयं हुनेछ ।पाकिस्तान सरकार र चीनबाट संरक्षित मुस्लिम आतंकवादबाट पाकिस्तान भित्र वा बाहिर जुनसुकै स्थानमा धार्मिक अल्पसंख्यक विरुद्ध कुनै पनि गतिविधि भएमा त्यसको परिणाम पाकिस्तानका लागि एकदमै नराम्रो हुनेछ । कुनैपनि किसिमको आतंकवादलाई विश्व समुदायले सहन नगर्ने र त्यसका विरुद्ध जुनसुकै कदम चाल्न पछि नहट्ने तथ्य तपाईंले पनि प्रत्यक्ष देखी भोगी आउनु भएकै होला ।
तसर्थ यस मेमोरेन्डमलाई गम्भीरतासाथ लिई धार्मिक आतंकवाद, अझ विशेषगरी हिन्दू–वौध्द्ध समुदाय विरुद्ध कुनैपनि प्रत्यक्ष वा अप्रत्यक्ष गतिविधि गर्ने तर्फ अब आइन्दा सोच्न पनि बन्द गर्न नेपाल डेमोक्रेट युनियन तपाईंलाई गम्भीर चेतावनी दिन चाहन्छ । अन्यथा पाकिस्तानले आर्थिक, राजनीतिक र कूटनीतिक तहमा समेत अकल्पनीय परिणाम भोग्नुपर्नेछ ।

