नेपाल रेडक्रस सोसाइटी नेचा बेतघारीको अध्यक्षमा पुन: बास्तोला



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु,९ चैत ।नेपाल रेडक्रस साेसाईटी नेचाबेतघारी उपशाखाकाे अध्यक्षमा पुन: छबिलाल बास्तोला निर्बाचित भएका छन।

रेडक्रसका जिल्ला सभापति रामकाजी श्रेष्ठको प्रमुख आतिथ्यता र गाउंपालिका अध्यक्ष डुफकुमार बास्तोलाकाे विषेश उपस्थितिमा शनिबार सम्पन्न उपशाखाको चौथो अधिबेशनले बांस्तोलालाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो।समितिका सदस्यहरुमा ध्रुबराज कटेल,सीता शर्मा,आङडीकी राई,साबित्रा भट्टराई ,लेखनाथ बास्तोला, निरकुमार शर्मा फुयाल,शिवप्रसाद बास्तोला रहेका छन।बांकी सदस्य समितिको आगामी बैठकले मनोनयन गर्ने अध्यक्ष बांस्तोलाले रहस्यखबरलाई जानकारी दिए।

सोहि कार्यक्रममा नेचासल्यानमा सन्चालित ३ वटा Birthing centre लाई व्यवस्थापनका लागि चार चार थान न्यानो कम्बल प्रदान गरिएको जानकारी गराइएको छ।

प्रतिक्रिया दिनुहोस्